उपचार ऋण

संस्थाले शेयर सदस्यहरुलाईे सेवा तथा सुविधा दिने हेतुले संस्थाका शेयर सदस्य वा शेयर सदस्यको आमा, बाबु,पति, पत्नी, छोरा, छोरी मध्ये कोही अस्वस्थ्य भै अस्पताल भर्ना भई डिस्चार्ज वा अन्य अवस्थामा भर्ना भएको मितिले ३५ दिनभित्र शेयर सदस्यले ऋण आवेदन गरेमा तत्काल यो ऋण लगानी (प्रवाह) गर्नसकिनेछ । संस्थाका विवाहित महिला शेयर सदस्यको सासु,ससुराको हकमा समेत माथिको अवस्थामा यो ऋण लगानी (प्रवाह) गर्नसकिनेछ । संस्थामा एउटै परिवारका जतिसुकै सदस्य भएतापनि परिवारको एक सदस्य अस्वस्थ हुदा एकभन्दा वढी शेयर सदस्यले निजको नाउंबाट एक पटकमा एकभन्दा वढी उपचार ऋण लगानी (प्रवाह) गरिनेछैन ।साथै यो ऋण लिएका ऋणी शेयर सदस्यहरुले आपतकालीन ऋण पाउनेछैनन् ।