कृषि तथा पशुपालन ऋण
यस प्रकारको ऋण संस्थाका शेयर सदस्यहरुलाई एकिकृत कृषि (कुखुरा,वंगुर,माछा,हांस),कृषि वन, तरकारी खेती,फलफूलखेती,नगदेवाली,खाद्यान्नबाली,कृषिऔजारखरीद,मलखाद खरिद,कुखुरापालन,माछापालन,मौरीपालन,च्याउ खेती,पुष्प खेती,कफि खेती,चिया खेती,नर्सरी,पशुपालन आदि कार्य गर्नका लागि लगानी गर्न सकिनेछ । यस प्रकारको ऋण प्राप्त गर्न संस्थाका शेयर सदस्यको एकलौटी वा संयुक्त हकभोग भई सम्वन्धित मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको घर जग्गा धितो राख्ने शर्त गरी संस्थामा आवेदन गर्नुपर्नेछ।


