कारोबार बचत

- शेयरधनी सदस्यको ईच्छा र सुविधा अनुसार न्यूनतम रू.१००।– (एक सय) खातामा रहने गरी आवश्यकता अनुसारको रकम जम्मा गर्न तथा जम्मा गरेको रकम झिक्न सकिनेछ । रकम झिक्नको लागि भुक्तानी पूर्जा उपलव्ध गराइनेछ । तर व्याज प्राप्त गर्नको लागी खतामा न्युनतम रु.१,०००।– (एक हजार) हुनु पर्नेछ ।
- कारोवार बचत रकममा तोकिएबमोजिमका दरले ब्याज दिइनेछ ।
- ब्याज हिसाब गर्दा दैनिक मौज्दात रकममा व्याज दिइनेछ ।
- सदस्यहरूले आफ्नो कारोवार खातामा जम्मा गरेको रकम प्रति दिन रू.१००,०००।– (एक लाख सम्म) बिना पूर्व सूचना झिक्न सक्नेछ तर एकै दिनमा सो भन्दा बढी रकम झिक्न चाहेमा संस्थालाई पूर्व जानकारी दिनुपर्नेछ । सदस्यले पूर्व सूचना बिना रू १००,०००।– (एक लाख) सम्म भन्दा वढी रकमको माग गरेमा नगद भुक्तानी दिन संस्था बाध्य हुनेछैन ।