नियमित बचत
- मासिक नियमित बचत अनिवार्य रुपमा न्यूनतम रु.६००।– (छ सय रुपैया) देखि अधिकतम रु. १०,०००।– (दश हजार रुपैया) गर्न सकिनेछ ।
- यो बचत प्रत्येक महिनाकोे १० गते भित्र जम्मा गर्नुपर्नेछ । सो मिति भित्र जम्मा नगरेमा सञ्चालक समितिले तोके अनुसारको विलम्ब शुल्क लाग्नेछ ।
- अघिल्लो महिनाको बचत रकम जम्मा गर्न बांकी राखी आउंदो महिनाको बचत रकम जम्मा गर्न पाइने छैन ।
- उपदफा ३.१ अनुसारको न्यूनतम मासिक बचत कायम गरी रकम घटाउन चाहने सदस्यले हरेक आर्थिक वर्षको शुरुमा मात्र गर्न सक्ने तर बचत वृद्धि गर्न जुनसुकै महिनाबाट पनि सकिनेछ ।
- अनिवार्य नियमित बचत खाताबाट झिकेको रकम पूनः यस खातामा एकमुष्ठ जम्मा गर्न सकिने छैन ।
- बचत गरेको रकममा वार्षिक ३६५ दिनको आधारमा तोकिए बमोजिमको ब्याज दिइनेछ । ब्याज हिसाबको लागि दिनको गणना गर्दा बचत गरेको मिति देखि नै दैनिक गणना गरिनेछ ।
- कुनै सदस्यलाई ऋण आवश्यक भएमा ऋण लगानी तथा असुली नीतिको अधीनमा रही आफ्नो नियमित बचत रकमको धनजमानी राखी ऋण लिन सकिनेछ ।
- सदस्यले बचत रकम धनजमानी राखी ऋण लिएको भए सम्पूर्ण बचत रकममा तोकिएको ब्याज नियमित रूपमा दिइनेछ ।

- नियमित बचतको रकम झिक्नु परेमा न्युनतम रु. १८,०००।– (अठार हजार) खातामानै रहनु पर्नेछ ।