शुभकार्य ऋण

सदस्यको परिवारमा विवाह, ब्रतबन्ध, न्वारान, पास्नी, गुन्युचोली जस्ता शुभकार्य गर्नको लागि यो ऋण लगानी गर्न सकिन्छ । यस प्रकारको ऋण प्राप्त गर्न संस्थाका शेयर सदस्यको एकलौटी वा संयुक्त हकभोग भई सम्वन्धित मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको घर जग्गा धितो राख्ने शर्त गरी संस्थामा आवेदन गर्नुपर्नेछ । साथै अन्य सदस्यको बचत जमानी राखेर पनि यस प्रकारको ऋण लगानी गर्न सकिनेछ ।