शैक्षिक ऋण
संस्थाका शेयर सदस्यको एकलौटी वा संयुक्त हकभोग भई सम्वन्धित मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको घर जग्गा धितो राख्ने शर्त गरी संस्थामा आवेदन गर्नुपर्नेछ । संस्थाका शेयर सदस्य तथा निजका छोरा छोरी तथा नाति नातिनालाई स्वदेशी तथा विदेशी शिक्षाको लागि यो ऋण लगानी (प्रवाह) गर्न सकिनेछ । यो ऋण प्राप्तिको लागि ऋण आवेदन गर्ने शेयर सदस्यको भरपर्दो स्थायी आयश्रोत हुनुपर्नेछ ।
भुक्तानी तरिका
यस प्रकारको ऋणको सांवा व्याज लगायत तोकिएको अन्य शुल्क समेत मासिक किस्ताबन्दीमा भुक्तानी गर्नुपर्नेछ ।