पनरउत्थान ऋण
संस्थाका शेयर सदस्यहरुको भुकम्प, कोभिड, वाढीपहिरो आगलागी जस्ता कावुभन्दा बाहिरका विविध कारणले गर्दा बन्द भएको व्यवसायहरु तथा अन्य विपत व्यवस्थापन गर्नको लागि यस प्रकारको ऋण लगानी गरिनेछ । यस प्रकारको ऋण प्राप्त गर्न संस्थाका शेयर सदस्यको एकलौटी वा संयुक्त हकभोग भई सम्वन्धित मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको घर जग्गा धितो राख्ने शर्त गरी संस्थामा आवेदन गर्नुपर्नेछ । यसरी शेयर सदस्यहरुले ऋण आवेदन माग फारममा उल्लेख गरेको शिर्षकको आधारमा ऋण सुरक्षण वापत संस्थाको नाउंमा जग्गा घर धितो जमानत राखी यो ऋण लगानी (प्रवाह) गर्न सकिनेछ ।
