आवधिक बचत
- शेयर सदस्यले आवधिक बचत खातामा रकम जम्मा गर्न चाहेमा कम्तीमा रू.५०,००० (पचास हजार) हुनु पर्नेछ ।
- विभिन्न अवधिको लागि लिइएको आवधिक बचतमा समितिले निर्धारण गरे अनुसारको ब्याज दिइनेछ।
- जम्मा गरिएको रकम निश्चित अवधि नपुगी झिक्न पाइने छैन, सदस्यलाई जम्मा भएको रकम निश्चित अवधि नपुग्दै आवश्यक परेमा बचतगरेको रकमको ९०% सम्म ऋण लिन सकिनेछ ।
- अबधिक बचतलाई जमानी राखी लिइएको ऋणमा आफूले पाउने व्याज दरमा २% थप व्याज तिर्नु पर्नेछ तर ऋण व्यवस्थापन शुल्क भने बुझाउनु पर्नेछैन ।
- आवधिक बचत ३ महिना, ६ महिना र १ वर्षको लागि राख्न सकिनेछ ।