घर (आवास) निर्माण ऋण
ऋण प्राप्त गर्ने आधार
- संस्थाका शेयर सदस्यहरूले आफ्नो एकलौटी वा संंयुक्त नाउंमा दर्ता श्रेस्ता कायम भै हकभोग भएको जग्गामा घर निर्माण गर्न स्थानीय निकाय वा तोकिएको कार्यालयबाट पास भएको नक्सा सहित तोकिएको आवश्यक कागजात संलग्न राखी संस्थामा ऋण आवेदन गर्नसक्नेछन् ।
- एकै धितोमा यो ऋणसंस्थाको शेयर सदस्यको एकाघरको परिवारका एकै अवधिमा एकभन्दा बढी सदस्यलाई लगानी (प्रवाह) गरिनेछैन ।
- ऋण लगानी गरिने वा गरिएको घर निर्माण सम्पन्न भएपश्चात घर निर्माण सम्पन्न कागजात संस्थामा पेश गर्नुपर्नेछ ।
- संस्थाको ऋण लगानी (प्रवाह) बाट निर्माण गरिएको घरको अनिवार्य रुपमा वीमा गरी गराई संस्थामा पेश गर्नुपर्नेछ । वा संस्थाबाट वीमा गराई सदस्यबाट भुक्तानी लिन सक्नेछ ।
यस प्रकारको ऋणको हकमा निर्माण कार्य प्रगतिको आधारमा स्वीकृत ऋण (कर्जा) रकम देहाय बमोजिम लगानी (प्रवाह) गरिनेछ ।
- निर्मााण चरणको पहिलो ३०% काम सम्पन्न भए पश्चात पहिलो किस्ता – ३०%
- थप दोस्रो ३०% काम भए पश्चात दोश्रो किस्ता– ३०%
- थप तेस्रो ३०% काम भए पश्चात तेश्रो किस्ता– ३०%
- निर्माण सम्पन्न वा रङरोगन भए पश्चात अन्तिम किस्ता –१०%
- यो ऋणको भुक्तानी अवधि अधिकतम १०(दश) वर्षको हुनेछ ।


