शैक्षिक ऋण

शैक्षिक ऋण

संस्थाका शेयर सदस्यलाई स्वदेशी तथा विदेशी शिक्षाको लागि यो ऋण लगानी (प्रवाह) गर्न सकिनेछ । यो ऋण प्राप्तिको लागि ऋणी शेयर सदस्यको भरपर्दो स्थायी आयश्रोत हुनुपर्नेछ । 

ऋण प्राप्त गर्ने आधार 
  • यो ऋण प्रँप्त गर्नको लागि संस्थाका शेयर सदस्यले आवेदन गर्दा कुन विषयमा कहँं अध्ययन गर्ने हो ? कति समयको लागि अध्ययन गर्ने हो ? लाग्ने लागत सहितको विवरण सहित सम्वन्धित संस्थाको प्रमाणित कागजात र सो संग सम्वन्धित संस्थाले तोकेको अन्य कागजातहरु आवेदन साथ अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । 
  • यो ऋण लगानी (प्रवाह) संस्थाको शेयर सदस्यको एकाघरको परिवारका एकै अवधिमा एकभन्दा बढी शेयरधनी सदस्यलाई लगानी गरिने छैन
ऋणको सिमा र अवधि
  • यस प्रकारको ऋण अधिकतम रु.३० (तीस) लाख लगानी (प्रवाह) गरिनेछ । यस प्रकारको ऋणको अवधि अधिकत ५ वर्षको हुनेछ । 

व्याजदर
  • यस शिर्षकको ऋणको व्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ ।        

ग्रेस समय
  • यस प्रकारको ऋणको अधिकतम ६ महिनासम्मको ग्रेस समय दिन सकिनेछ । तर ग्रेस समयको अवधिभर किस्तावन्दी तालिकामा उल्लेखित समय अनुसार व्याज भुक्तानी गर्नुपर्नेछ । 

भुक्तानी तरिका
  • यस प्रकारको ऋणको सांवा व्याज लगायत तोकिएको अन्य शुल्क समेत किस्ताबन्दीेमा भुक्तानी गर्नुपर्नेछ ।