संस्थाको परिकल्पना

संस्थाको परिकल्पना

संस्थाको परिकल्पना (Vision)

सहकारिताको मूल्य र मान्यतामा आधारित विशिष्ट (Excellence) बचत तथा ऋण सहकारी संस्था 

लक्ष्य (Goal)

सदस्यहरूको आर्थिक तथा सामाजिक विकासका लागि आन्तरिक स्रोत र साधनहरूको विकास एवं त्यसको अधिकतम परिचालन, नियमित शिक्षा र सूचना प्रवाह एवं मूल्यमा आधारित प्राविधिक ज्ञान एवं शीप अभिवृद्धि गरी स्वावलम्बी भावनाको विकास गर्ने,गराउने ।  

उद्देश्य (OBJECTIVES) :

१. विभिन्न प्रकारका बचत सेवा उपलब्ध गराई सदस्यहरूबीच अधिक मात्रामा नियमित बचत गर्ने बानी बसाली आर्थिक रूपमा स्वावलम्बी बनाउनु । 
२. सदस्यहरूलाई प्रतिस्पर्धात्मक व्याजदरमा उत्पादनमूलक तथा घरायसी ऋण उपलब्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा  ने पु¥याउने
३. सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा प'¥यउन उपयुक्त वित्तिय तथ्याङ्क, सूचना तथा ज्ञानवद्र्धक जानकारी एवं शीपमूलक तथा शिक्षामूलक तालिम र प्राविधिक ज्ञानका लागि आवश्यक समन्वय तथा विभिन्न प्रकारका परामर्श सेवा उपलब्ध गर्ने,गराउने । 
४. समान उद्देश्य भएका सहकारी संस्थाहरूबीच समन्वय बिस्तार गरी एक आपसमा पारस्परिक सहयोग तथा सेवा आदान प्रदान गर्नु,गराउनु । 
५. बैंकिङ्ग कारोवार तथा वित्तिय मध्यस्थकर्ताको काम गर्नु ,गराउनु
।   

कार्यनीतिहरू (Strategy) :

१. हरेक वर्ष क्रमिक रूपमा सदस्य संख्या वृद्धि गर्ने नीति अवलम्बन गर्ने ।
२. सदस्यहरूको रूचि अनुरूप बचत सेवा बिस्तार गर्नुका साथै सो बचतमा  प्रतिस्पर्धात्मक ब्याज प्रदान गर्ने ।
३. संस्थाले गरेको मुनाफाबाट सदस्यले गरेको शेयर लगानीमा बढीमा वार्षिक १५ प्रतिशतसम्म लाभांश वितरण गर्ने ।
४. संस्थाले भविष्यमा बैंकिङ्ग सेवा पनि सञ्चालन गर्ने उद्देश्य लिएको र सो उद्देश्य परिपूर्तिको लागि कारोवार खाता खोल्न सदस्यहरूलाई उत्प्रेरित गर्ने र कारोवार खाताको संख्यामा क्रमिक रूपले वृद्धि गरी अत्याधुनिक बैंकिङ्ग सेवा सञ्चालन सम्बन्धी अनुभवहरू समेत हासिल गर्ने ।
५. संस्थागत पूँजी कोषको रकमलाई सदस्यको भाबना अनुरूप सुरक्षित तथा अधिक आयआर्जन हुने क्षेत्रमा लगानी गर्ने ।