घर (अवास) तथा जग्गा खरिद ऋण

घर (अवास) तथा जग्गा खरिद ऋण

यस प्रकारको ऋण संस्थाका शेयर सदस्यहरूले व्यक्तिगत प्रयोजनको लागि घर,घडेरी खरिद,नयां घर निर्माण गर्न र जग्गा खरिद गर्ने कार्यका लागि लगानी (प्रवाह) गरिनेछ । तर यो ऋण लगानी (प्रवाह) संस्थाको शेयर सदस्यको एकाघरको परिवारका एकै अवधिमा एकभन्दा बढी शेयर सदस्यलाई गरिनेछैन ।

ऋणको सिमा र अवधि

  • यस प्रकारको ऋणको सिमा संस्थाको मुल्याँकनको अधिकतम ६०% प्रतिशत सम्म हुनेछ ।
  • यस प्रकारको ऋणको अवधि अधिकतम ७ (सात) वर्षको हुनेछ । 
ग्रेस समय
  • यस प्रकारको ऋणमा अधिकतम ३ (तीन) महिनाको ग्रेस समय प्रदान गर्न सकिनेछ तर ग्रेस समयको अवधिभर किस्तावन्दी तालिकामा उल्लेखित समय अनुसार व्याज भुक्तानी गर्नुपर्नेछ । 
व्याजदर
  • यस शिर्षकमा व्याजयदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ । 
भुक्तानी तरिका 
  • यस प्रकारको ऋणको सांवा व्याज अनिवार्य किस्तावन्दी वा एकमुष्ट रुपमा भुक्तानी गर्नुपर्नेछ ।