कर्मचारी सहुलियत ऋण

कर्मचारी सहुलियत ऋण

यस प्रकारको ऋण संस्थामा कार्यरत परीक्षणकाल पुरा गरेका कर्मचारीहरुले संस्थाको कर्मचारी प्रशासन नीति,२०७३ को दफा १९(१) बमोजिम यो ऋण (कर्जा) पाउनको लागि आवेदन गर्नसक्नेछ ।
 ऋण लगानी तथा प्राप्त गर्ने आधार
  • संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सचिवको सिफारिशमा ऋण उपसमितिको निर्णयबाट  यो ऋण लगानी (प्रवाह) गर्नसक्नेछ ।  
  • यो ऋण लगानी (प्रवाह) गर्दा अन्य ऋणमा लाग्ने ऋण (कर्जा) सुरक्षण शुल्क लाग्नेछैन । 
  • यो ऋण संस्थामा कार्यरत कर्मचारीहरुमध्ये ४९ प्रतिशत कर्मचारीले मात्र उपयोग गर्न पाउनेछ ।
 ऋणको सिमा र अवधि
  • यो ऋण संस्थामा कार्यरत कर्मचारीको सेवा अवधिभर वढीमा ४ (चार) पटक मात्र लगानी (प्रवाह) गर्न सकिनेछ ।
  • यो ऋण तिर्ने बुझाउने अर्थात चुक्ता गर्ने भाखा (समय) बढीमा १ (एक) वर्षसम्म हुनेछ ।
 व्याजदर
  • यस प्रकारको ऋणको व्याज दर संस्थाले लगानी (प्रवाह) गर्ने पैंचो ऋण सरह मासिक रुपमा नियमित  संस्थामा तिर्नु बुझाउनु पर्नेछ । 
 भुक्तानी तरिका
  • यो ऋणको सांवा व्याज एकमुष्ट वा पटक÷पटक गरी तिर्नु बुझाउनु पर्नेछ ।