घर (आवास) निर्माण ऋण

घर (आवास) निर्माण ऋण

 ऋण प्राप्त गर्ने आधार 
  • संस्थाका शेयर सदस्यहरूले आफ्नो एकलौटी वा संंयुक्त नाउंमा दर्ता श्रेस्ता कायम भै हकभोग भएको जग्गामा घर निर्माण गर्न तोकिएको आवश्यक कागजात संलग्न राखी संस्थामा ऋण आवेदन गर्नसक्नेछन् ।
  • यो ऋण लगानी (प्रवाह) संस्थाको शेयर सदस्यको एकाघरको परिवारका एकै अवधिमा एकभन्दा बढी सदस्यलाई लगानी (प्रवाह) गरिनेछैन । 
  • ऋण लगानी गरिने वा गरिएको घर निर्माण सम्पन्न भएपश्चात सम्वन्धित कार्यालयबाट घर निर्माण सम्पन्न कागजात संस्थामा अनिवार्यरुपमा पेश गर्नु पर्नेछ । 
  • संस्थाको ऋण लगानी (प्रवाह) बाट निर्माण गरिएको घरको अनिवार्य रुपमा वीमा गरी गराई संस्थामा पेश गर्नुपर्नेछ ।
ऋणको सिमा र अवधि
यस प्रकारको ऋणको हकमा निर्माण लागत विश्लेषणको आधारमा वढीमा ८०∞ (प्रतिशत) स्वीकृत ऋण (कर्जा) रकम देहाय बमोजिम लगानी (प्रवाह) गरिनेछ ।
  • डि.पि.सि.समाप्त भए पश्चात पहिलो किस्ता – ३०% 
  • निर्माण कार्यको प्रगतिको आधारमा दोश्रो  किस्ता– ३०%
  • निर्माण कार्यको प्रगतिको आधारमा तेश्रो अर्थात अन्तिम किस्ता–४०% 
  • यो ऋणको भुक्तानी अवधि अधिकतम ७ (सात) वर्षको हुनेछ । 
व्याजदर
  • यस शिर्षकको ऋणको व्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ ।        
ग्रेस समय
  • यस प्रकारको ऋणको अधिकतम ६(छ) महिनासम्मको ग्रेस समय दिन सकिनेछ । तर ग्रेस समयको अवधिभर किस्तावन्दी तालिकामा उल्लेखित समय अनुसार व्याज भुक्तानी गर्नुपर्नेछ । 
भुक्तानी तरिका
  • यस प्रकारको ऋणको सांवा तथा व्याज लगायत तोकिएको अन्य शुल्क समेत किस्ताबन्दीेमा भुक्तानी गर्नुपर्नेछ ।