उपचार ऋण

उपचार ऋण

संस्थाले शेयर सदस्यहरुको सेवा तथा सुविधा दिने हेतुले संस्थाका शेयर सदस्य वा शेयर सदस्यको आमा, बाबु ,पति, पत्नी, छोरा, छोरी मध्ये कोही अस्वस्थ्य भै अस्पताल भर्ना भई डिस्चार्ज वा अन्य अवस्थामा सो मितिले ३५ दिनभित्र शेयर सदस्यले ऋण आवेदन गरेमा तत्काल यो ऋण लगानी (प्रवाह) गर्नसकिनेछ । संस्थाका विवाहित महिला शेयर सदस्यको सासु ,ससुराको हकमा समेत माथिको अवस्थामा यो ऋण लगानी (प्रवाह) गर्नसकिनेछ । संस्थमा एउटै परिवारका जतिसुकै सदस्य भएतापनि परिवारको सदस्य अस्वस्थ्य हुँदा एकभन्दा वढी शेयर सदस्यको नाउंबाट एक पटकमा एकभन्दा वढी उपचार ऋण लगानी (प्रवाह) गरिनेछैन । साथै यो ऋण लिएका ऋणी शेयर सदस्यहरुले आपतकालीन ऋण पाउनेछैन ।

ऋणको सिमा र अवधि

  • यो ऋण ३ (तीन) महिनाको भाखा (समय) सम्म लगानी (प्रवाह) गरिनेछ ।
  • यो ऋण उपचारार्थ भर्ना भएको अस्पतालको खर्चको विल,भर्पाइ अनुसार वढीमा रु.२५,०००।– (पच्चिस हजार) रुपैया मात्र दिइनेछ ।
व्याजदर
  • यस शिर्षकमा व्याजदर लाग्ने छैन ।

ऋण परिणत 
  • यो ऋण भाखा (समय) चुक्ता नभएमा सो भाखा (समय) समाप्त भएको दिन देखि ३ (तीन) महिनासम्म आपतकालीन ऋणमा र तत्पश्चात अर्थात ६ (छ) महिनापछि व्यक्तिगत ऋणमा परिणत गरिनेछ ।

भुक्तानी तरिका
  • यो ऋण एकमुष्ट रुपमा सांवा व्याज वुझाउनु पर्नेछ ।