पैंचो ऋण

पैंचो ऋण

यो ऋण संस्थाका शेयर सदस्यहरुलाई सेवा सुविधा दिने हेतुले निजको नियमित बचत र वाल(खुत्रुके) वचतको रकम धनजमानी राखी सो को ९०% सम्म र ऋणी शेयर सदस्यकोे शेयर रकमको ७५% धनजमानी राखी ऋण लगानी (प्रवाह) गर्न सकिनेछ । साथै यो ऋण लिएको शेयर सदस्यहरुलाई शेयर र वचतको आधारमा लगानी गरिने बचत जमानत ऋण लगानी (प्रवाह) गरिनेछैन ।  

ऋणको अवधि
  • यो ऋण बढीमा १ (एक) वर्ष सम्मको भाखा (समय) को लगानी (प्रवाह) गरिनेछ ।
व्याजदर
  • यो शिर्षकमा व्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ ।
भुक्तानी तरिका
  • यो ऋणको व्याज ३/३ महिना वा पटक पटक  र सांवा रकम (१) एक वर्ष भित्र वुझाउनु पर्नेछ ।