रजत बचत

  •  सदस्यको ईच्छा र सुविधाअनुसार न्यूनतम रु.२००।–(दुई सय) बाट खाता खोल्न सक्नेछ ।
  • रजत बचत खातामा मासिक न्यूनतम रु २००।– (दुई सय) देखि ५००।– (पाच सय) सम्म जम्मा गर्नुपर्नेछ ।
  • खाताबाट ५(पांच) बर्षसम्म कुनै पनि रकम झिक्न पाइने छैन,तर संस्थाको शेयर सदस्यताको राजीनामा स्वीकृत भएमा नियमानुसार भुक्तानी दिइनेछ ।
  • यस खातामा तोकिएबमोजिम ब्याज दिइनेछ ।
  • माथि लेखिए बमोजिमको जम्मा गरिएको रकम निश्चित अवधि नपुगी झिक्न पाइनेछैन । तर सदस्यलाई जम्मा भएको रकम निश्चित अवधि नपुग्दै झिक्नु परेमा नियमित बचतबाट दिइने व्यक्तिगत वा पैचो ऋणको लागी जमानी स्वरुप राख्न सकिनेछ ।
  • यो वचत रकम प्रत्येक महिना भित्र संस्थामा जम्मा गरिसक्नु पर्नेछ । सो समयमा जम्मा नगरेमा वचत रकमको ५ प्रतिशत विलम्व शुल्क लाग्नेछ ।
  • यो वचत रकम अग्रिम रुपमा २ वर्षको मात्र जम्मा गर्न सकिनेछ ।