सामाजिक ऋण

सामाजिक ऋण

यस प्रकारको ऋण प्राप्त गर्न संस्थाका शेयर सदस्यको एकलौटी वा संयुक्त हकभोग भई सम्वन्धित मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको घर जग्गा धितो राख्ने शर्त गरी संस्थामा आवेदन गर्नुपर्नेछ । यसरी शेयर सदस्यहरुले ऋण आवेदन माग फारममा उल्लेख गरेको शिर्षकको आधारमा ऋण सुरक्षण वापत संस्थाको नाउंमा जग्गा घर धितो जमानत राखी यो ऋण लगानी (प्रवाह) गर्न सकिनेछ ।  
  ऋण लगानी तथा प्राप्त गर्ने आधार
(क)     यस प्रकारको ऋणको हकमा संस्थाका शेयर सदस्यहरुलाई सरल र सहज प्रकृयाबाट तोकिए  बमोजिम यो ऋण लगानी (प्रवाह) गर्न सकिनेछ ।
(ख)     यसरी शेयर सदस्यहरुले ऋण आवेदन माग फारममा उल्लेख गरेको शिर्षकको आधारमा ऋण सुरक्षण वापत संस्थाको नाउंमा घर जग्ग धितो जमानत राखी यो ऋण लगानी (प्रवाह) गर्न सकिनेछ ।  
ऋणको सिमा र अवधि (किस्ता वन्दीको हकमा मात्र)

क्र.सं.      ऋणको सिमा                                               अवधि                      कैफिय
१         रु.१ (एक) लाख सम्म    १ (एक) वर्ष    
२        रु.१ (एक) लाख देखि ५ (पांच) लाख सम्म         २ (दुई) वर्ष     
३        रु.५ (पांच) लाख देखि १० (दश) लाख सम्म        ३ (तीन) वर्ष     
४       रु.१० (दश) लाख देखि २० (विस) लाख सम्म       ४ (चार) वर्ष     
५        रु.२० (विस) लाख देखि ३० लाख सम्म              ५ (पांच) वर्ष     
६        रु.३० (तिस) लाख भन्दा माथी                           ७ (सात) वर्ष    
व्याजदर
          यो ऋणको व्याज दर संस्थाले तोके बमोजिम हुनेछ
भुक्तानी तरिका
             यो ऋणको सांवा तथा व्याज किस्तावन्दीमा बुझाउनु पर्नेछ ।