आवधिक वचत ऋण

आवधिक वचत ऋण

यस प्रकारको ऋण संस्थाका शेयर सदस्यहरुलाई संस्थामा नियमित वा आवद्यिक वचत गरेको रकमलाई जमानी राखी लगानी गर्न सकिनेछ ।
ऋणको सिमा र अवधि
  • बचत नीति,२०६७(पहिलो संशोधन,२०७३) को दफा ४ बमोजिम बचत भएको रकम जमानी राखी सोही नीतिको दफा ४.७ बमोजिम निज शेयर सदस्यलाई यो ऋण लगानी गर्न सकिनेछ ।
  • यस प्रकारको ऋणको भुक्तानी अवधि अधिकत ऋणी शेयर सदस्यको आवधिक बचत भुक्तानी हुने अन्तिम दिनसम्म कायम हुनेछ ।    
व्याजदर
  • यस प्रकारको ऋणको ब्याजदर ऋणी शेयर सदस्यले आवधिक बचतमा पाउने व्याजदरमा २% (दुई प्रतिशत) थप गरी ३/३ महिनामा व्याज तिर्नु बुझाउनु पर्नेछ ।आवधिक वचतमा ऋण लिएका शेयर सदस्यले बचतमा पाउने ब्याज भने पाउनेछ । तर उक्त ऋणको व्याज चुक्ता नभएसम्म व्याज रकम कारोवार खातामा जम्मा गरिने छैन ।       
भुक्तानी तरिका
  • यस प्रकारको ऋणको भुक्तानी एकमुष्ट रुपमा वा पटक पटक तिर्नुपर्नेछ ।