बाल बचत

खुत्रुके बचतका उद्देश्य
  • बाल्यावस्थादेखि नै बचत गर्ने बानीको विकास गर्ने तथा बालबालिकालाई नियमित रूपमा स सानो रकम संकलन वा बचतबाट निश्चित अवधिमा ठूलो धनरासी जम्मा हुनसक्ने यथार्थको अनुभूति गराउने,
  • बालबालिकालाई मितव्ययी हुन प्रोत्साहित गर्ने र फजुल खर्च गर्नबाट जोगाउने ,
  • बालबालिकालाई पूंजी निर्माण प्रक्रियामा सहयोगी बनी भविष्यमा कुनै उपयोगी कार्य गर्न सक्षम बनाउन सहयोग गर्ने ,
    
खुत्रुके बचतका शर्त
  • सदस्यले आप्mना छोरा वा छोरीहरूका लागि मात्र बचत गर्न सक्नेछन् ।  
  • बचत गरिदिन चाहेको बच्चाको उमेर १६ वर्षभन्दा कम हुनुपर्नेछ ।
  • संस्थाले तोकेबमोजिमको आवेदन फारमभरी तोकेको मूल्यमा खुत्रुके वाकस खरिद गर्नुपर्नेछ ।
    
खुत्रुके बचत संकलन
  • वाल (खुत्रुके) बचतकर्ताले बेग्ला–बेग्लै खुत्रुके बाकस मार्पmत बचत संकलन गर्नेछ र सो खाता रु.१०००।–  मा खोलिनेछ ।
  • बचतकर्ताको संकलित बचत रकम ३ वर्ष पूरा नभएसम्म झिक्न पाइने छैन ।
  • यसमा रहेको रकम सदस्य आपैmलाई ऋण लिन परेको अवस्थामा मात्र यस खातामा जम्मा भएको रकम धनजमानी राख्न पाइनेछ ।  
  • ३ (तीन) वर्ष पूरा भई सो खाताबाट एक पटक रकम झिकेपछि पुनः अर्को पटक रकम झिक्न ३ (तीन) वर्ष पूरा भएको हुनुपर्नेछ । रकम झिक्दा न्यूनतम रु.५०००।– (पँंच हजार) खातामा बचत रहनुपर्नेछ ।
  • ३ (तीन) वर्ष पूरा गरेका शेयरधनी बचतकर्ताहरूले पुनः खाता सञ्चालन गर्न नचाहेमा खातामा भएको सम्पूर्ण रकम फिर्ता लिन सक्नेछ तर खुत्रुके बाकस भने संस्थाले फिर्ता लिने छैन ।
  • यसरी प्राप्त बचत रकमलाई संस्थाले नगद बुझेको मितिदेखि समितिले वार्षिक तोकेबमोजिम ब्याज दिइनेछ ।
  • खुत्रुकेको सांचो संस्थाको कार्यालयमा राख्न सकिनेछ ।
    
खुत्रुके बचत बन्द तथा सदस्यता प्राप्त गर्ने
  • “बालबालिकाका लागि खुत्रुके बचत” मा रकम जम्मा गरिदिएको बच्चाको सदस्यता नीतिअनुसारको प्रक्रिया पूरा भएपछि खुत्रुके बचत खाता बन्द गरी सदस्यता प्रदान गर्न  सकिनेछ । यस अबस्थामा निजले परिचयात्मक कार्यक्रममा भाग लिनु अनिवार्य हुनेछैन ।
  • यसरी जम्मा भएको रकम मध्ये ५ (पँंच) वटा शेयरसम्मको खरिद रकममा सँस्था विकास शुल्क लाग्नेछैन ।