घर निर्माण ऋण

घर निर्माण ऋण

ऋण प्राप्त गर्ने आधार 

(क)     संस्थाका शेयर सदस्यहरूले आफ्नो एकलौटी वा संंयुक्त नाउंमा दर्ता श्रेस्ता कायम भै हकभोग भएको जग्गामा घर निर्माण गर्न तोकिएको आवश्यक कागजात संलग्न राखी संस्थामा ऋण आवेदन गर्नसक्नेछन् ।
(ख)     यो ऋण लगानी (प्रवाह) संस्थाको शेयर सदस्यको एकाघरको परिवारका एकै अवधिमा एकभन्दा बढी सदस्यलाई लगानी (प्रवाह) गरिनेछैन । 
(ग)     ऋण लगानी गरिने वा गरिएको घर निर्माण सम्पन्न भएपश्चात सम्वन्धित कार्यालयबाट घर निर्माण           
      सम्पन्न कागजात संस्थामा अनिवार्यरुपमा पेश गर्नु पर्नेछ । 
(घ)     संस्थाको ऋण लगानी (प्रवाह) बाट निर्माण गरिएको घरको अनिवार्य रुपमा वीमा गरी गराई संस्थामा पेश गर्नुपर्नेछ ।

ऋणको सिमा र अवधि

(क) यस प्रकारको ऋणको हकमा निर्माण लागत विश्लेषणको आधारमा वढीमा ८०∞ (प्रतिशत) स्वीकृत ऋण (कर्जा) रकम देहाय बमोजिम लगानी (प्रवाह) गरिनेछ ः
(अ)     डि.पि.सि.समाप्त भए पश्चात पहिलो किस्ता – ३०% 
(आ) निर्माण कार्यको प्रगतिको आधारमा दोश्रो  किस्ता– ३०%
(इ)     निर्माण कार्यको प्रगतिको आधारमा तेश्रो अर्थात अन्तिम किस्ता–४०% 
(ई)     यो ऋणको भुक्तानी अवधि अधिकतम ७ (सात) वर्षको हुनेछ । 

व्याजदर
यस शिर्षकको ऋणको व्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ ।        

ग्रेस समय
यस प्रकारको ऋणको अधिकतम ६(छ) महिनासम्मको ग्रेस समय दिन सकिनेछ । तर ग्रेस समयको अवधिभर किस्तावन्दी तालिकामा उल्लेखित समय अनुसार व्याज भुक्तानी गर्नुपर्नेछ । 

भुक्तानी तरिका
      यस प्रकारको ऋणको सांवा तथा व्याज लगायत तोकिएको अन्य शुल्क समेत किस्ताबन्दीेमा भुक्तानी गर्नुपर्नेछ ।