हायरपर्चेज ऋण (नयाँ)

हायरपर्चेज ऋण (नयाँ)

 संस्थाको स्वामित्वमा आउन सक्ने खालका निजी वा व्यवसायिक प्रयोजनको लागि नयां   (दुई वा चार पाङ्ग्रे) सवारी साधन खरिद गर्नको लागि यो ऋण लगानी गर्नसकिनेछ ।
ऋण प्राप्त गर्ने आधार
(क)     यो ऋण प्राप्त गर्नको लागि ऋणी सदस्य वा परिवारको भरपर्दो मासिक रुपमा आय हुनुपर्नेछ र     निजी प्रयोजनको लागि भने स्थायी आयश्रोत खुलाउनु पर्नेछ ।
(ख)     ऋणी शेयर सदस्यले दुई वा चार पाङ्ग्रे सवारी साधन खरिद गर्नको लागि आधिकारिक शोरुमबाट सुरूमा खरिद गरेको मिति र मूल्याड्ढन प्रमाणित भएको कागजको आधारमा संस्थाबाट ऋण लगानी (प्रवाह) गर्न सकिनेछ । तर पुरानो सवारी साधन खरिदमा ऋण लगानी (प्रवाह) गर्दा समितिको निर्णयबाट मात्र लगानी (प्रवाह) गरिनेछ ।
(ग)     खरिद गरिने सवारी साधन ऋण चुक्ता नगरुञ्जेलसम्मको लागि संस्थाको नाममा दर्ता कायम गरिनेछ । त्यस्तो सवारी साधन सम्बन्धित ऋणी शेयर सदस्यले ऋण चुक्ता गरे पश्चात निज ऋणी सदस्य र  निजले चाहेको व्यक्ति वा संस्थाको नाममा नामसारी गरी दिइनेछ ।
(घ)     ऋणीले सवारी साधनको नियमानुसार वीमा गर्नुपर्नेछ । सवारी साधनको कर नियामनुसार नियमित तिर्नु वुझाउनु पर्नेछ ।
(ङ)     सवारी साधन दुर्घटना वा चोरी भएको हकमा ऋणी स्वयम् वा ऋणीको परिवारले त्यसको क्षति व्यवहोर्नु  पर्नेछ ।
ऋणको सिमा र अवधि
(क)    ऋणी शेयर सदस्यले यो ऋणको आवेदन गर्दा निज सदस्यले खरिद गर्न चाहेको नयां सवारी साधनको दरभाउपत्र (कोटेशन) पेश गर्नुपर्नेछ । पेश गरेको दरभाउपत्र (कोटेशन)को आधारमा बढीमा ७०% सम्म ऋण रकम लगानी (प्रवाह) गर्न सकिनेछ । पुरानो सवारी साधनको मूल्याड्ढन शुरू खरिद मूल्यको आधारमा वार्षिक १५% का दरले घट्दो मूल्यमा ह्रस कट्टा गरी आएको मूल्यलाई आधारमानी सो मूल्यको बढीमा ८०% सम्म मात्र ऋण लगानी (प्रवाह) गर्न सकिनेछ ।             
(ख) यो ऋणको अवधि चार पाङ्ग्रे सवारी साधनको हकमा अधिकतम ५(पांच) वर्ष र दुई पाङ्ग्रे  सवारी साधनको हकमा अधिकतम ३ (तीन) वर्षको हुनेछ । तर पुरानो सवारी साधनको हकमा सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।
(ग)     यो ऋण लगातार तीन किस्ता सम्म नबुझाएमा संस्थाले सुचना प्रकाशित गरि वा सम्वन्धित  ऋणी सदस्यलाई जानकारीदिइ संस्थाले सवारी साधन खिच्न सक्नेछ , तर सवारी साधन संस्थाले खिचेको भन्दैमा ऋण चुक्ता भएको मानिने छैन ।
    व्याजदर
        यो शिर्षकको ऋणमा व्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ ।  
    भुक्तानी तरिका
    यो ऋणको सांवा तथा व्याज र तोकिएको अन्य शुल्क समेतको भुक्तानी अनिवार्य रुपमा मासिक किस्तावन्दीबाट गर्नु पर्नेछ ।