नियमित बचत

नियमित बचत

  •    मासिक नियमित बचत अनिवार्य रुपमा न्यूनतम रु.६००।– (छ सय रुपैया) देखि अधिकतम रु. १०,०००।– (दश हजार रुपैया) गर्नुपर्नेछ । 
  •   यो बचत रकम प्रत्येक महिनाकोे १० गते भित्र जम्मा गर्नुपर्नेछ । सो मिति भित्र जम्मा नगरेमा  सञ्चालक समितिले तोके अनुसारको विलम्ब शुल्क लाग्नेछ ।
  •    नियमित बचत अग्रिम रुपमा बढीमा १ (एक) वर्षको मात्र जम्मा गर्न सकिनेछ । 
  • अघिल्लो महिनाको बचत रकम जम्मा गर्न बांकी राखी आउंदो महिनाको बचत रकम जम्मा गर्न पाइने छैन ।  
  • उपदफा ३.१ अनुसारको न्यूनतम मासिक बचत कायम गरी रकम घटाउन चाहने सदस्यले हरेक आर्थिक वर्षको शुरुमा मात्र गर्न सक्ने तर बचत वृद्धि गर्न जुनसुकै महिनाबाट पनि सकिनेछ । 
  • अनिवार्य नियमित बचत खाताबाट झिकेको रकम पूनः यस खातामा एकमुष्ठ जम्मा गर्न सकिने छैन ।
  • बचत गरेको रकममा वार्षिक ३६५ दिनको आधारमा तोकिए बमोजिमको ब्याज दिइनेछ । ब्याज हिसाबको लागि दिनको गणना गर्दा बचत गरेको मिति देखि नै दैनिक गणना गरिनेछ । 
  • कुनै सदस्यलाई ऋण आवश्यक भएमा ऋण लगानी तथा असुली नीतिको अधीनमा रही आफ्नो नियमित बचत रकमको धनजमानी राखी कर्जा लिन सकिनेछ ।
  • सदस्यले बचत रकम धनजमानी राखी कर्जा लिएको भए सम्पूर्ण बचत रकममा तोकिएको ब्याज नियमित रूपमा दिइनेछ । 
  • नियमित बचतमा रहेको रकम एक पटक निकाली सकेपछि पुन निकाल्नु परेमा ३६५ दिन पछि मात्र निकाल्न सकिने छ । धन जमानी राखेको अवस्थामा भने सो बरावरको रकम झिक्न पाइने छैन ।
  • नियमित बचतको रकम झिक्नु परेमा न्युनतम रु. १८,०००।– (अठार हजार) खातामानै रहनु पर्नेछ ।
  • यो बचतमा प्राप्त हुने ब्याजलाई आश्विन, पौष, चैत्र र आषाढ मसान्तमा पूंजीकरण गरिनेछ ।