यस प्रकारको ऋण संस्थामा नियमित वचत गर्ने शेयरधनी सदस्यहरुलाई सुविधाको लागि लगानी गर्न सकिनेछ ।
ऋण लगानी तथा प्राप्त गर्ने आधार
- यस प्रकारको ऋण संस्थाका शेयर सदस्यहरुलाई निजको विद्यमान शेयर रकमको बमोजिम वढीमा ७५% र वचत रकमको हकमा देहाय बमोजिम थप ऋण लगानी (प्रवाह) गर्न सकिनेछ ।
ऋणको सिमा र अवधि
क्र.सं. |
सदस्यता प्राप्त गरेको अवधि |
वचतमा थप गरिने ऋण रकम |
कैफियत |
१. |
१ (एक) वर्ष पुरा भएका शेयर सदस्यलाई |
रु.५०००/- |
|
२. |
२ (दुई) वर्ष पुरा भएका शेयर सदस्यलाई |
रु.१०,०००/- |
|
३. |
३ (तीन) वर्ष पुरा भएका शेयर सदस्यलाई |
रु.१५,०००/- |
|
४. |
४ (चार) वर्ष पुरा भएका शेयर सदस्यलाई |
रु.२०,०००/- |
|
५. |
५ (पांच) वर्ष भन्दा पुराना शेयर सदस्यालाई |
रु.२५,०००/- |
|
- तर संस्थाका शेयर सदस्यहरुको आफ्नो वचत रकमको दोब्वर रकममा वढी हुनेगरी यो ऋण लगानी (प्रवाह) गरिनेछैन । यस ऋणको अधिकतम अवधि किस्तावन्दी भएमा यसै नीतिको दफा ५.१०.२ बमोजिम हुनेछ तर किस्तावन्दी नभएको ऋणको हकमा अधिकतम अवधि १ (एक) वर्ष हुनेछ ।
व्याजदर
- यो ऋणको व्याजदर संस्थाले समय समयमा तोके बमोजिम बुझाउनु पर्नेछ ।
भुक्तानी तरिका
- यो ऋणको सांवा व्याज एकमुष्ट वा पटक÷पटक गरी तिर्न बुझाउनु पर्नेछ ।