यस संस्थाका शेयर सदस्यहरुको सेवा तथा सुविधाको लागि आपतकालिन ऋण संस्थाको सदस्यता प्राप्त गरेको अवधिको आधारमा तोकिएको शर्तको अधीनमारही र निम्नानुसारको सीमाभित्र लगानी (प्रवाह) सकिनेछ । साथै यो ऋण लिएका ऋणी शेयर सदस्यहरुले उपचार ऋण प्राप्त गर्न सक्नेछैन ।
सदस्यता प्राप्त अवधि | सदस्यको संस्थामा रहेको शेयर संख्या | ऋण लगानी गर्न सकिने रकम |
६ महिना सम्म | ५० कित्ता | ५,००० |
६ – १२ महिना सम्म | ५० कित्ता | ७,००० |
१ – २ वर्ष सम्म | ५० कित्ता | ८,००० |
२ – ३ वर्ष सम्म | ५० कित्ता | ९,००० |
३ – ५ वर्ष सम्म | ६० कित्ता | १०,००० |
५ – १० वर्ष सम्म | ८० कित्ता | १५,००० |
१० वर्ष देखि माथि | १०० कित्ता | २०,००० |