नारी बचत

नारी बचत

  • महिला सदस्यहरुले संस्थामा रु ५००।– मा खाता खोल्न सक्नेछन ।
  • यस खातामा ब्याज प्राप्त गर्न रु ३०००।– न्यूनतम बचत रहनुपर्नेछ ।
  • यस खातामा तोकिएबमोजिम दैनिक मौज्दातमा ब्याज दिइनेछ ।
  • सदस्यहरूले आफ्नो खातामा जम्मा गरेको रकम प्रति दिन रू.१००,०००।–(एक लाख) सम्म बिना पूर्व सूचना झिक्न सक्नेछन् तर एकै दिनमा सो भन्दा बढी रकम झिक्न चाहेमा संस्थालाई पूर्व जानकारी दिनुपर्नेछ ।
  • खाता बन्द गर्नुपरेमा लिखित जानकारी गराउनुपर्दछ । खाता बन्द गर्दा रू.२००।– खाताबन्दी शुल्क लाग्नेछ ।
  • यस खाताको बचत रकमलाई धन जमानी राखी ऋण नीतिको अधीनमा रही ऋण लिन सकिनेछ तर धनजमानी राखेको बराबरको रकम झिक्न सकिनेछैन ।
  • संस्थाको आवश्यकतानुसार यस खातामा रकम लिने वा नलिने निर्णय गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।