हाम्रो बारे

हाम्रो बारे

“निरन्तर सेवा अटुट विश्वास गर्छ यसले आर्थिक विकास” भन्ने नाराका साथ २०४६ साल वैशाख १ गते १५ जना व्यक्तिहरुको एक समुह मिलेर मासिक ५० रुपैयाका दरले जम्मा गर्ने गरी अ‍ैचो पैचो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । समान समस्या र उदेश्य भएका व्यक्तिहरुको एक आपसमा मिलेर सहकार्य गरी संगठित र व्यवस्थित रुपमा निश्चित उदेश्य हासिल गर्ने गरि स्थापना भएको यस संस्था सफलतापूर्वक २६ वर्ष पारगरि २७ औं वर्षमा प्रवेश गरेको छ । व्यक्ती, समाज अनि राष्ट्रको आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरणका लागि देशमा छरिएर रहेको पुजी सदस्यहरुको शीप र साधनलाई एकीकृतरुपमा सहकारीको माध्यमवाट परिचालन गरि उत्पादनशिल क्षेत्रमा लगानी गरी संस्थामा आवद्घ सदस्यहरुको उन्नतीका लागि समर्पित संस्था हो अ‍ैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था । सहकारी दर्ता ऐन, २०४८ तथा नियमावली, २०४९ जारी हुन भन्दा अगावै १५ जना शेयर सदस्यहरुबाट मासिक ५० रुपैंयाका दरले बचत गर्ने गरि शुरु भएको संस्था २०५०।०५१ सालमा विधिवत रुपमा डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा दर्ता नं।१५ मा दर्ता भएको हो । शुरुका दिनमा एउटा कोठाबाट सदस्यहरुलाई सेवा दिदै आएको संस्था हाल काठमाण्डौं वडा नं।१३ स्थित कालिमाटी,कलेज मार्गमा आफ्नै भवनवाट नियमित रुपमा सेवा दिइरहेको छ । साथै मिति २०५५ साल मंसिर ४ गते सहकारी विभागबाट नेपाल भर आफ्नो कार्यक्षत्र रहने गरी स्वीकृत प्राप्त गरेको छ । हाल २ हजार ८४ जना सेयर सदस्य रहेको यस संस्थाले २०७१ सालमा रजत वर्ष समेत मनाइ सकेको छ ।  अझ सदस्यहरुलाई गुणस्तरिय सेवाका साथै वढी भन्दा वढी लाभान्वित तुल्याउन हामी प्रयासरत छौं । हामीले संस्थाप्रति सदस्यहरुको सहभागीता उत्साहजनक रहेको पाएका छौं । संस्थामा शेयरधनीका साथै शेयरपूजी दिनानुदिन वढीरहेको छ ।